0
Shares
काठमाडौं । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ४ हरामी चोकस्थित सडकमा ईभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२-००१ज००७२ नम्बरको गाडी भित्री बाटोबाट हाइवेतर्फ निस्कने क्रममा ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खसेको थियो ।
घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय साम्भी पोलिक्लिन तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।