देउवा, ओली र प्रचण्डले राजनीतिबाट बिदा लिनुपर्छ- महामन्त्री शर्मा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन दलका शीर्ष नेताहरूले राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिबाट बिदा लिनुपर्ने बताएका हुन् ।

लामो समयदेखि चुनाव भएर नयाँ सरकार बने पनि तीन नेताकै वरिपरि घुमिरहेकाले जनतामा चर्को असन्तुष्टि बढेको बताए । ‘मैले पार्टीमा पनि कुरा राखेको हुँ, तर निर्णय गराउन सकिनँ, चुनाव हुन्छ, नयाँ सरकार बन्छ प्रधानमन्त्री उनीहरू नै, उहाँले अहिले छोड्नु हुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने, त्यसैले अब यसलाई सिस्टममा ल्याऔँ, विधिमा ल्याऔँ, ताकि भोलि गगन विश्वको पुस्ताले नेतृत्व गर्दै गर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस्,’ उनले भिडिओ सन्देशमा भनेका छन् ।

उनले राष्ट्रपतिमा एक पटक, प्रधानमन्त्रीमा दुई पटक, मन्त्री तीन र सांसद चार पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार