घरमा आगो लगाइदिँदा कहाँ थिए देउवा ?

0 Shares

काठमाडौं । जेनजी आन्दोलनकारीहरूले नेताहरूको घरमा आगलागी गरेसँगै नेताहरू कहाँ छन् भन्ने खुलेको छैन । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै आफ्नो निवास बूढानीलकण्ठबाट निस्किएका थिए ।

उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न निस्किएको स्रोतले जनाएको छ । उनी बाहिर हुँदा नै बूढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका थिए । हाल देउवा कहाँ छन्? गोप्य रहेको छ ।

सम्बन्धित समाचार