0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बेलुका ६ बजे मन्त्रीपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका हुन् ।
जेनजी पुस्ताको आन्दोलन नियन्त्रण भन्दा बाहिर जान थालेपछि ओलीले मन्त्रीपरिषद् बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ । अरु सिभिल वीर अस्पतालमा गरेर आठ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तो पृष्ठभूमिमा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सरकारका एक मन्त्रीले बानेश्वर घटनाका विषयमा बैठकमा छलफल हुनसक्ने बताए ।