0
Shares
काठमाडौँ । कामना सेवा विकास बैंकले बुढानीलकण्ठमा रहेको लेमन ट्री प्रिमियर होटलसँग आफ्ना ग्राहक र कर्मचारीलाई सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौताअनुसार, बैंकका ग्राहक तथा कर्मचारीले होटलमा बस्दा, खाना र पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशत छुट पाउनेछन्। बैंकका ग्राहकहरूले बैंकसँग आबद्ध भएको प्रमाण देखाएर यो सुविधा लिन सक्नेछन्।
सम्झौतापत्रमा बैंकका तर्फबाट काठमाडौँ क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन्। बैंकले यो सम्झौताबाट आफ्ना ग्राहकहरूले विशेष लाभ पाउने विश्वास लिएको छ।