काठमाडौं । संखुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ ।
मकालु ३ हेदाङ्नास्थित नयाँ बस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो । मकालु ३ नयाँ बस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिए ।
आज खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।
घाइते केसीको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी निरीक्षक लामिछानेले बताए । पहिरोमा बरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटसमेत पुरिएको छ ।
उक्त क्षेत्रमा बरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिहेको छ । अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख इञ्जिनियर कोइरालाले बताए ।
सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँ बस्ती नजिकै अलपत्र परेका छन् ।