काठमाडौं । विगत दुई वर्षको अवधिमा विषालु सर्पको टोकाइबाट सुदूरपश्चिम प्रदेशमा ४३ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार गोमन र करेत जस्ता विषालु सर्पले टोकेका तर उपचारका लागि अस्पताल पुर्याउन ढिलाइ गर्दा धेरैले ज्यान गुमाएका छन्।
तुरुन्तै अस्पताल नगइ धामीझाँक्रीको भर पर्दा पनि कतिपयको मृत्यु भएको छ। आर्थिक वर्ष २०८०\०८१ मा २३, आव २०८१\८२ मा १७ र चालु आवको हालसम्म तीन जनाले सर्पको टोकाइबाट ज्यान गुमाएका प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। सर्पको टोकाइबाट कैलालीमा २४, कञ्चनपुरमा १०, बैतडी र डडेलधुरामा तीनरतीन जनको मृत्यु भएको छ।
त्यसैगरि डोटी, दार्चुला र अछाममा एक एक जनाले विषालु सर्पको टोकाइबाट ज्यान गुमाएका छन्। विशेषगरि वैशाखदेखि असोजसम्म नेपालमा सर्पदंशका घटना बढी हुने गरेका छन्।