पशुपति आर्यघाटमा शवको हड्डी किन्ने २ जना पक्राउ

0 Shares

काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी किनेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रेका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुरका २४ वर्षीय विनायक मैनाली छन्। उनीहरूले ५०० रुपैयाँमा जलाउँदै गरेको शवको हड्डी किनेको स्वीकार गरेका छन्।

प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद लिएको छ।

सम्बन्धित समाचार