गुन्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश

0 Shares

काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन ९मिलन गुरुङ० लाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् ।

गुन्डागर्दी गरेको आरोपमा साउन १५ मा साम्बाला होटलबाट चक्रे समूहका १९ जना पक्राउ परेका थिए । उनीहरुविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो ।

थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

 

सम्बन्धित समाचार