एभरेष्ट बैंकको खुद नाफा झण्डै पाँच अर्ब, प्रतिसेयर आम्दानी कति?

0 Shares

काठमाडौं । एभरेष्ट बैंकले झण्डै पाँच अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार एक वर्षे अवधिमा खुद नाफा ३८.८१ प्रतिशतले बढेको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षमा चार अर्ब ९१ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । विवरणअनुसार उक्त अवधिमा बैंकले ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।

एकवर्षे अवधिमा बैंकको वितरणयोग्य नाफा ५०.०३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले तीन अर्ब ३० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद नाफा र वितरणयोग्य नाफा बढेसँगै बैंकको लाभांश क्षमतासमेत ३८.२७ प्रतिशत पुगेको छ । अघिल्लो आव वर्ष बैंकको लाभांश क्षमता २८.०६ प्रतिशत थियो ।

गत वर्ष बैंकले दुई खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेर दुई खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले ९ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

साथै, उक्त अवधिमा बैंकले दुई अर्ब ९३ करोड रुपैयाँ खुद सञ्चालन आम्दानीसमेत गरेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.४१ प्रतिशत विन्दुले घटेर ०.३० प्रतिशत कायम भएको छ ।

उक्त अवधिमा बैंकको बेसरेट ५.३६ प्रतिशत, स्प्रेडदर ३.४८ प्रतिशत, सिडी रेसियो ७०.५६ प्रतिशत, प्रतिसेयर आम्दानी ३७.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २ सय ४७.३९ पैसा र तरलता रेसियो ३८.९४ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार