१० वाणिज्य बैंकको लेखापरीक्षण गर्ने तयारी पूरा

0 Shares

काठमाडौं। बंगलादेशको लेखापरीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकको पूर्ण लेखापरीक्षण सुरु गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको छनोटमा परेको हाउलादरले यसै सातादेखि सम्झौता गरी काम सुरु गर्ने भएको हो।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट विस्तारित कर्जा लिने क्रममा राखेका सर्तअनुसार १० वाणिज्य बैंकको पूर्ण लेखापरीक्षण गर्ने भनेको थियो। सोहीअनुसार राष्ट्र बैंकले सुरु गरेको दोस्रो प्रक्रिया टुंगोमा पुर्‍याउँदै करिब साढे ४ करोड लागतमा लेखापरीक्षण हुने भएको हो।

उक्त प्रक्रियालाई अन्तिम रूप दिई काम सुरु गर्न राष्ट्र बैंकले यसै साता हाउलादारसँग सम्झौता गर्ने तयारी गरेको हो। पहिलो पटक अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट लेखापरीक्षण गराउन प्रक्रिया सुरु गर्दा असफल भएको थियो। पहिलो प्रक्रिया सफल नभएपछि पुस २०८१ देखि दोस्रो पटक फर्म छनोट प्रक्रिया सुरु भएको थियो।

आईएमएफले नेपाली बैंकिङ क्षेत्रको खराब कर्जाको अंश विश्वास गरिरहेको थिएन। बैंकिङ क्षेत्रले कर्जाको इभर ग्रिनिङ गरेको आरोप लगाउँदै आएको थियो। त्यसका लागि कोषले राष्ट्र बैंकलाई चालु पूँजी कर्जा मागर्दर्शन लागू गर्न दबाब दिँदै आएको थियो।

सम्बन्धित समाचार