0
Shares
काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी र मासु निकालेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त गौशालाले मृतकका आफन्तको उजुरीपछि आरोपितलाई पक्राउ गरेर सोधपुछ थालेको छ । पक्राउ परेका व्यक्ति पशुपति आर्यघाटमा शव जलाउने काम गर्छन् ।
एक मृतकका आफन्तको जाहेरी परेपछि शुक्रबार नै उनीहरूलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दले जानकारी दिए । जाहेरवालाले पक्राउ परेका व्यक्तिहरूले शवबाट हड्डी निकालेको आरोप लगाएका छन् ।
‘उनीहरूले त्यसरी हड्डी निकालेका हुन् कि होइनन् ? हो भने कहाँ कसलाई बेच्ने गरेका छन् ? यी सबै विषयमा अनुसन्धान भइरहेको छ, अहिले यही हो भन्ने अवस्था छैन,’ एसपी चन्दले भने ।