केटा साथीको घरमा पुगेकी किशोरीको मृत्यु, अनुसन्धान गर्दै प्रहरी

0 Shares

काठमाडौं । केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा पुगेकी किशोरी मृत्यु भएको हो ।

किशोरी बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान सुरु गरिरहेको छ । किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ । उनीहरू प्रेम सम्बन्धमा रहेको हुन सक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार