नेपाल एसबिआई बैंकले एक साथ पायो पाँच वटा अन्तराष्ट्रिय अवार्ड

0 Shares

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले पाँच वटा अन्तराष्ट्रिय अवार्ड पाएको छ । क्यापिटल फाइनान्स इन्टरनेसनल (CFl.co), लण्डनले बैंकलाई ” च्याम्पियन इन मोडर्न बैकिङ्ग इनोभेसन नेपाल २०२५” को उपाधिबाट सम्मान गरेको हो ।

त्यसैगरी बैंकले सिंगापुर स्थित एशियन बैकिङ्ग एण्ड फाइनान्स (ABF) द्वारा होलसेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत “नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर”, “नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर’, तथा रिटेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत “डिजिटल बिजनेस बैकिड्ड इनिसियटिभ अफ द इयर नेपाल” र “एसएमई बैक अफ द इयर नेपाल” अवार्ड पनि पाएको छ।

यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिएको बैंकले उल्लेख गरेको छ। अर्वाडले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साएको बैंकले जनाएको छ ।

नेपाल एसबिआई बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

सम्बन्धित समाचार