0
Shares
काठमाडौं। मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
पूर्वप्रमुख अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको छ। उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दायर गरेकी थिइन्।
यही साउन ४ गते पक्राउ परेका अहिराजलाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
उनीमाथि काठमाडौंको नयाँ बानेश्वरस्थित महिलाकै डेरामा पुगेर बलात्कार गरेको आरोप छ। यता, उनले आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै मुद्दा दायर गरेका छन्।