काठमाडौँ । चाडपर्व र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ सांग्रिला डेभलपमेन्ट बैंकले तिजको अवसर पारेर ‘नारी लक्षित निःशुल्क मेहेन्दी कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । यो कार्यक्रम श्रावण महिनाभर प्रत्येक सोमबार उपलब्ध हुनेछ ।
विगत चार वर्षदेखि बैंकले यस प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसपटक बैंकका १०९ वटा शाखामध्ये १० वटा क्लस्टरमा एकरएक वटा काउन्टर र केन्द्रीय कार्यालय गरी कुल ११ स्थानबाट यो सेवा प्रदान गरिनेछ । प्रत्येक काउन्टरबाट दैनिक ३० जनासम्मले यो सुविधा लिन सक्नेछन्। यसरी हेर्दा, महिनाभरमा करिब १३२० जना नारीहरू लाभान्वित हुने अनुमान गरिएको छ ।
बैंकका बजार प्रमुख अर्पणा बज्राचार्यले भनिन्, “संस्कृति बचाउने सोचका साथ विगत वर्षदेखि हामी निरन्तर सेवामा छौँ ।”
सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।