सूनको मुल्यको फेरी बढ्यो

0 Shares

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य आइतबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३५७.०५ अमेरिकी डलर र ३८.२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार