0
Shares
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायीका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै आज सुन प्रतितोला एक लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।