जमिन मुनीको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

0 Shares

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तको संघर जिल्लामा बोरिङ (जमिन मुनी)को दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले शुक्रबार जनाएको छ ।

संघरका उपायुक्तले संघरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानी सेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको मृत्यु भएको हो ।

एआरवाई न्यूजका अनुसार, विषाक्त पानी सेवनको घटनापछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको अधिकारीले जनाएका छन् ।

पानी सेवन गरेपछि उनीहरूले ज्वरो बान्तालगायतका असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए भने उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँमा पठाइएको थियो ।

सम्बन्धित समाचार