साँफे बजारमा भीषण आगलागी, १० पसल पूर्ण नष्ट

0 Shares

काठमाडौं । अछामको साँफे हाट बजारमा भीषण आगलागी हुँदा १० वटा पसल पूर्ण नष्ट भएको छ । शनिबार बिहान करिब ३ः३० बजे साँफे बगर नगरपालिका ३ स्थित हाट बजारबाट विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो ।

जिल्लामा दमकल नभएपछि आगो निभाउन कठिन भएको थियो । एउटा पसल डोजरले भत्काएर अरू घरमा आगो सल्किन नदिई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भएर सल्किएको आगो होटेलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसललाई पूर्ण रूपमा नष्ट बनाएको थियो ।

सम्बन्धित समाचार