वैशाख ९ गते तपाईंको दिन कति शुभ, राशीमा कस्तो छ ?

0 Shares

आज मिति २०८२ वैशाख ९ गते मंगलबार । सन् २०२५ अप्रिल २२ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा नवमी तिथि । आज बिहान ५ बजेर ३५ मा झुल्किएको घाम साँझ ६ बजेर ३२ मिनेटमा अस्तनाउने छ ।

मेष

आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउने छ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । महत्वपूर्ण अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि सोचविचार गर्नु उचित हुनेछ ।

बृष

आय आर्जनको दृष्टिले राम्रो समय छ । उद्योग व्यापारमा विशेष फाइदा होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान राख्नु हितकर हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । मनोरन्जनमा समय ब्यतित भएर जाला ।

मिथुन

मिश्रित फलदायी दिन छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तथापि वित्तादि लाभ हुने देखिन्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कर्कट

दिन केही प्रतिकुल रहन सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादन गर्न मुस्किल पर्ला । छरछिमेकमा झैझगडाको सम्भावना रहेकोले सावधान रहनु हितकर होला । आर्थिक अपब्ययको योग रहेकोले सावधानीको दरकार छ ।

सिंह

काम बिग्रने डरले भित्रभित्रै सताए पनि व्यापार(व्यवसायबाट लाभ प्राप्त हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन अरुलाई आश्वासन दिने काम नगर्नु हितकर हुनेछ, अन्यथा पछिसम्म अप्ठ्यारो पर्न सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइने छ ।

कन्या

आजको दिन कामहरू सजिलै बन्नाले उत्साह जाग्ने छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार हात पर्ला । परोपकारजन्य क्रियाकलापमा संलग्न रहने योग छ । मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । यात्रागत कार्य सार्थक रहने छ ।

तुला

दिन शुभदायी छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउने छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हात लाग्ने योग छ ।

बृश्चिक

दिन खासै उत्साहवर्द्धक नरहला । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । भौतिक साधनले धोका दिनसक्ने समय छ । स्वास्थ्य केही कमजोर रहला, जसका कारण आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइ लेखाइमा पनि खासै मन नजाने देखिन्छ ।

धनु

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आजको दिन सहयोगीले राम्रो साथ दिने छन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । पठनपाठनमा पनि प्रगति हुनेछ । यसका बाबजुद समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।

मकर

लाभ हुने काम प्रारम्भ गर्ने समय छ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । साझेदारीमा राम्रो फाइदा मिल्ने र आयआर्जनका स्रोत बढ्ने योग छ । मातृपक्षबाट महत्वपूर्ण काम बनाउन सकिनेछ । असावधानीले धन खर्च हुन सक्छ ।

कुम्भ

सोचेअनुसारको दिन नरहन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहल । बाध्यताले अप्ठ्यारोमा पार्नसक्ने र सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । कामको सिलसिलामा यात्राको प्रक्रिया अघि बढ्ने योग छ । स्वास्थ्य केही कमजोर रहला ।

मीन

दिन केही चुनौतीयुक्त रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् भने व्यावसायिक काममा पनि समस्या आउने देखिन्छ । आजको दिन सवारीसाधनको प्रयोगमा सावधानी अपनाउनु हितकर होला ।

सम्बन्धित समाचार