राप्रपाले आज बल्खुमा आन्दोलन गर्ने, कस्तो छ तयारी ?

0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा गर्ने भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको कार्यक्रम प्रशासनले अनुमति नदिएपछि बल्खु सारिएको हो ।

राप्रपाले आजको आमसभालाई शान्तिपूर्ण बनाउन स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने बताएको छ ।

राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने अध्यक्ष राजेन्द्र लिङदेनले बताए । आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफूहरूको आन्दोलन कमजोर नहुने भन्दै उनले आफूलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी दिए ।

गत १५ गतेको राजावादी आन्दोलन अराजक हुँदा दुई जनाले ज्यान गुमाएका थिए । उक्त आन्दोलनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंले आन्दोलन भड्काउँदा माहोल अस्तव्यस्त बनेको हो ।

सोही आन्दोलनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायत हाल हिरासतमा छन् । प्रसाईं बेपत्ता छन् ।

सम्बन्धित समाचार