चैत्र २६ गते तपाईंको दिन कति शुभ, यस्तो छ राशिफलः

0 Shares

आज मिति २०८१ चैत्र २६ गते मंगलबार । सन् २०२५ अप्रिल ८ तारिख । नेपाल सम्बत ११४५ चिल्लाथ्व एकादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २४ मिनेटम हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

दौडधुप केही बढे पनि चुनौती स्वतः हट्ने र कर्मयोगका साथै आम्दानीले पछ्याउने समय छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आजको दिन तपाईंलाई मित्रहरूले साथ दिनेछन् । मान–सम्मान प्रतिष्ठा पाइने छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्ने योग छ ।

बृष

प्रयत्न गरेको काम आजको दिन छोटै समयमा पूरा हुने देखिन्छ । समय फुर्सदिलो रहला । रसरागको भाव वृद्धि होला । आत्मबल बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीसँग सम्झौता गराउन सक्ने देखिन्छ, ध्यान राख्नु होला ।

मिथुन

आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला, तर समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । सामान्य खर्च वृद्धि भएपनि पशुधन र जमिनबाट लाभ उठाउन सकिने देखिन्छ । परिवारमा आमाको माध्यमबाट काम बन्ने योग छ ।

कर्कट

रोकिएका काम बन्ने तथा नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने सहयोगीले राम्रो साथ दिनेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने छ । काममा मातापिताको सहयोग प्राप्त होला ।

सिंह

दिन उत्साहपूर्ण रहला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ भने उद्योग र व्यापारबाट विशेष फाइदा मिल्ने छ । फलदायी यात्राको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्ने छ । रचनात्मक काम सुरु गर्न सकिने छ ।

कन्या

कर्मबल बढ्ने छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखा पर्नसक्छ, ध्यान राख्नु होला । व्यावसायिक यात्राको सम्भावनाका साथै राम्रै धन आर्जन हुने समय छ । दाम्पत्य जीवन रमाइलो रहला ।

तुला

व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउने छ, तर नजिकका साथीभाइ टाढिन सक्छन् । आजको दिन महत्वाकांक्षी योजना गोप्य राख्नु होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

बृश्चिक

विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आश मारेको काम बन्ने लक्षणले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेत प्राप्त हुने छन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्ने छ ।

धनु

प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कार्यसम्पादन गर्ने क्षमता बढे पनि केही अवसर फुत्कन सक्ने योग हुनाले सचेत रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनु उचित हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्ने देखिन्छ ।

मकर

आजको दिन इर्ष्यालुजनले बाधा दिन खोजेपनि शुभचिन्तकहरूले साथ दिनेछन् । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन पनि कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ, सावधान रहनु होला ।

कुम्भ

ठगीमा परिने सम्भावना रहेकाले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहला ।

मीन

दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ ।

सम्बन्धित समाचार