आज मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्ति गर्ने सम्भावना

0 Shares

काठमाडौं । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिए अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बस्दैछ । यो नियमित बैठक हो ।

आजको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट बैंकमा गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । यसअघिका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल पूरा गरेर गत शुक्रबारै बिदाइ भएका छन् । चैत २४ गतेबाट राष्ट्र बैंकमा गर्भनर रिक्त छ ।

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गर्भनर सिफारिस समितिले आज बैठक बसेर मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने र दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।

सम्बन्धित समाचार