0
Shares
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा १७, तराईको सानो गालेभेँडा २२, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, भारतीय रातो आलु ३६, सुकेको भारतीय प्याज ४४, तराईको गाँजर २५, लोकल बन्दा १२, ज्यापु काउली ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी ७५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला ११५, परबल ९५, घिरौँला ६५, झिँगुनी ७५, हरियो फर्सी २७, भिन्डी १२५, कन्य च्याउ २१६, डल्ले च्याउ २७६, कुरिलो ४६६, सजिवन १६६ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।