कुलमानबारे प्रधानमन्त्री-राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने ठाउँ संसद हैन

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीको विषयलाई लिएर संसद् अवरोध गर्न उपयुक्त नहुने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रसेवक कर्मचारीबारे बहस गर्ने स्थान सदन नभएको बताए ।

विपक्षीले कुलमान घिसिङलाई हटाएकोबारे जवाफ मागेपछि आज सदनमा बोलेका प्रधानमन्त्रीले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रोलाई दण्ड गर्ने व्यवस्था यसै सदनले गरेको छ। कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने हटाउन सक्छ। यो अहिलेको सरकारले मात्रै गरेको होइन।’

सम्बन्धित समाचार