चैत्र १८ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ साल चैत १८ गते सोमबार । चैत शुक्ल पक्षको द्वितीया तिथि । विश्व अटिजम जागरुकता दिवस। तदनुसार सन् २०२५ मार्च ३१ तारिख । अब सुरु गरौँ आजको राशिफलः

मेष

आयआर्जनका स्रोत बढ्नेछ भने दैनिक काममा पनि राम्रै फाइदा हुने समय छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । शुभचिन्तकहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । चिताएको काम बन्नाले प्रशन्नता मिल्ने छ ।

बृष

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । राम्रैसँग धन आर्जन हुने देखिन्छ । कमी(कमजोरीलाईसुधार गर्ने मौका मिल्नुका साथै नयाँ कामको प्रस्ताव आउने योग छ । परिवारजनको साथले उत्साह जगाउला । महत्वपूर्ण काममा सहयोगीहरूको भर नपर्नु हितकर होला ।

मिथुन

अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सचेत रहनुहोला । प्रतिकुलताका बाबजुद आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । धर्मकर्ममा आकर्षण बढ्ला ।

कर्कट

मेहनतको फल प्राप्त हुने र परिवारजनका आवश्यकता पूरा हुने समय छ, तर अरूको भरपर्दा धोका मिल्न सक्छ । जोखिम बढ्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुर्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ, सजग रहनु होला ।

सिंह

आयआर्जन राम्रै हुने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । तर, अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने योग छ ।

कन्या

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । मनग्य धन तथा भौतिक वस्तु लाभ होला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुने योग छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला ।

तुला

छरछिमेकमा असमझदारी बढ्ने योग भएकाले होसियारीसाथ काम लिनुहोला । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । अर्थअभावले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

बृश्चिक

कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, होसियार रहनुहोला । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिनसक्ने योग छ ।

धनु

परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । पराक्रम वृद्धि हुनाले रोकिएको काममा सफलता मिल्नेछ ।

मकर

मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । तथापि, अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू सक्रिय रहन सक्छन्, सचेत रहनुहोला ।

कुम्भ

केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला ।

मीन

बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । तर, कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका मिल्ला ।

सम्बन्धित समाचार