आज मिति २०८१ चैत्र १३ गते बुधबार । सन् २०२५ मार्च २६ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा द्वादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर १ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १७ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आँटेको काम बन्ने, शत्रु परास्त हुने र मनोरन्जनका साथ दिन बित्ने देखिन्छ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहला । कठिन काम पनि मित्रजनको सहयोगले बन्ने योग छ । कृषिजन्य व्यापारिक कार्यमा विशेष सफलता मिल्नेछ भने अध्ययन अध्यापन तथा सिर्जनात्मक कार्यमा प्रगति होला ।
बृष
दिनको आरम्भमा कामको चापले मनमा द्विविधा बढ्न सक्छ, तथापि पछि कामले गति लिँदै जाने छ । आम्दानीका स्रोतहरू बढ्नाले मन प्रशन्न रहला । प्रेमसम्बन्धमा विश्वासको मात्रा बढ्ने छ भने दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति होला । व्यापार व्यवसायमा पनि फाइदाको योग छ । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउने छ ।
मिथुन
आजको दिन शारीरिक दुर्बलताको अनुभूति भए पनि व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि राम्रै धन कमाउने अवसर जुट्नेछ । आफन्तजनबाट सहयोग प्राप्त होला । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिने छ भने बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइने छ ।
कर्कट
नयाँ कार्य थालनीको अवसर मिल्न सक्छ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । आम्दानी पनि राम्रै होला । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । वादविवादको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । प्रेमभाव बढ्ने छ ।
सिंह
पारिवारिक सद्भावले कार्यमा सफलता मिल्ने समय छ । नयाँ नोकरी मिल्ने तथा पुरानो काममा पदोन्नतिको सम्भावना देखिन्छ । विदेशमा गरेको लगानीबाट लाभ मिल्ने योग छ । अध्ययन(अध्यापन कार्य फलदायी रहनेछ । प्रेमभाव वृद्धि होला, तर प्रियजनसँग विछोड हुन सक्छ । आरोग्यता रहने छ ।
कन्या
बोलीको प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । ब्यस्तता बढेपनि आजको दिन आफन्तको भेटले हर्ष बढ्ने छ । सन्तानपक्षबाट सहयोग मिल्ने छ । यात्रामा मन रमाउला । दाम्पत्यजीवन सुखमय रहने छ, घरघडेरीको व्यापार व्यवसायमा लाभ मिल्ला ।
तुला
व्यापार व्यवसायमा उन्नति हुनुका साथै रोकिएका काम बन्ने समय छ । कुनै पनि कार्यमा जश मिल्ने योग छ । स्वास्थ्य सबल रहला । पराक्रम बढ्ने छ । लेखन तथा रचनात्मक कार्यमा मन लाग्ने छ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन्, जसले हौसला बढाउला । सहयोगी तथा सेवक वर्गबाट विशेष सहयोग मिल्ने छ ।
बृश्चिक
मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । विश्वासपात्रबाट धोका पाइने सम्भावना छ, सजग रहनुहोला । आफन्तको भरणपोषणका निम्ति खर्चवृद्धि हुनेछ । रचनात्मक तथा शैक्षिक क्षेत्रमा प्रगति होला । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ ।
धनु
काममा कठिनाइ देखिए पनि अन्ततः खुशी मिल्ने दिन छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ, सफलता पनि मिल्नेछ । घर जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने अवसर जुर्नसक्छ । दीर्घकालीन नबनेका काम बन्ने योग छ । आयआर्जन र विद्यामा वृद्धि हुने देखिन्छ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ ।
मकर
विभिन्न भौतिक साधन जुट्नुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिने समय छ । प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै ब्यापार पनि फस्टाउला । पारिवारिक सम्बन्ध सुमधुर रहला । अध्ययन अध्यापनको पक्षमा पनि प्रगति हुने देखिन्छ ।
कुम्भ
प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका जुर्ला । दैनन्दिन कार्यमा भने ढिलासुस्ती वा उल्झन बेहोर्नुपर्ने योग छ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार व्यवसाय सामान्य रहनेछ ।
मीन
कर्मबल बढ्ने छ । दैनिक कार्यमा केही समस्याहरू देखिएलान्, सावधान रहनुहोला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहने छ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ने योग छ । तथापि, आजको दिन लगानीको उचित प्रतिफल मिल्ने छ ।