0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । उनी बैंककमा हुने बिमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन जाने भएका हुन् ।
सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री ओली आगामी चैत १९ गते त्यसतर्फ प्रस्थान गर्ने छन् । थाइल्याण्डले चैत २० देखि २२ गतेसम्म बिमस्टेक सम्मेलन आयोजना गर्दै छ ।