आज मिति २०८१ साल चैत ११ गते सोमबार । चैत कृष्ण पक्षको दशमी तिथि । तदनुसार सन् २०२५ मार्च २४ तारिख । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन जोखिम र दौडधुप केही वृद्धि हुनसक्छ । काम पनि बन्नेछ तर कठोर मिहिनेतले । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबण्डाको योग परेको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलै काम बन्नसक्ने देखिन्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ला ।
बृष
प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ भने आम्दानी सोचेभन्दा बढी नै हुनसक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुन सक्छ । रोकिएका काम बन्नेछन् । आजको दिन यात्राको पनि योग छ । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन
साहस वृद्धि भए पनि तपाईंका कमी(कमजोरीमाथि टीकाटिप्पणी हुनसक्छ, संयम धारण गर्नु हितकर होला । विगतको कामबाट लाभ हासिल हुने समय छ । सामाजिक क्षेत्रमा अग्रसर होइएला । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लभ उठाउन सकिनेछ । दाम्पत्य जीवन पनि रमाइलो रहला ।
कर्कट
गरिएका कामको उचित प्रतिफल मिल्ने समय छ । तथापि, अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिएला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला, सावधान रहनुहोला ।
सिंह
विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति पनि विश्वास नलाग्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजगताको दरकार छ । खर्च वृद्धि हुनसक्छ, मितब्ययिता अपनाउने प्रयास गर्नुहोला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।
कन्या
दिन शुभदायी छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम पनि सुरु गर्न सकिनेछ । व्यापार(व्यवसायमा राम्रै फाइदा हुने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । अतिथिको सम्मान गर्ने अवसर मिल्ने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।
तुला
प्रतिष्ठा आर्जनको काम गर्ने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । बोली व्यवहारको प्रभाव बढ्नेछ । विशिष्टजनको विशेष सहयोग जुट्नाले लक्ष्यमा पुग्न सकिनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा थप लाभ मिल्ने देखिन्छ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्ने छ ।
बृश्चिक
आजको दिन भेटघाटमा अलमलिनाले महत्वपूर्ण काममा बाधा पुग्ने देखिन्छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ, तर जिम्मेवारी भने बढिरहला ।
धनु
आजको दिन सहयोगीहरूले साथ र हौसला दिनेछन् । बिनाप्रतिस्पर्धा फाइदा हुने तथा धन आर्जनको योग छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिनेछ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउने छ ।
मकर
श्रमको उचित मूल्यांकन हुने समय छ । पारिवारिक आवश्यकता पूर्ति होला । नयाँ जिम्मेवारी प्राप्तिको योग भएपनि शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख आइपर्न सक्छ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमण निष्फल हुनसक्ने योग छ ।
कुम्भ
आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । पठनपाठनमा समय दिन नसकिएला । कसैको आलोचनाको शिकार बन्नुपर्ने योग छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने देखिन्छ ।
मीन
काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय भएपनि सोच्दै नसोचेको काम सम्पादन हुने योग परेको छ । लेनदेनमा विवाद होला । नियमित काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्ने छन् । खर्च वृद्धि हुने देखिन्छ । धर्मकर्ममा आकर्षण बढ्ने छ ।