आज मिति २०८१ चैत्र १० गते आइतबार । सन् २०२५ मार्च २३ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा नवमी तिथि । आज नेपालमा सुर्योदय ६ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १७ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
नयाँ काम सुरु गर्ने र ब्यवसायबाट लाभ हुने समय छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका जुर्न सक्छ । आतिथ्यपूर्ण सम्मान पनि पाइने देखिन्छ ।
बृष
आजको दिन सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन् । व्यापार–व्यवसायमा फाइदा होला । सकारात्मक परिणामदायी काम गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने अधुरा काम बन्ने छन् ।
मिथुन
सामाजिक प्रतिष्ठा मिल्नेछ भने गरेका धेरैजसो कामको प्रशंसा हुनेछ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न पनि सक्छ । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् ।
कर्कट
नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि पहिलेका कमजोरीलाई सुधार गर्न सकिने समय छ । टाढिएका सहयोगीहरूको साथ मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ भने ब्यापारबाट सोचेअनुरुपकै लाभ मिल्ने देखिन्छ । आफन्तजनसँग चिसोपन पैदा हुनसक्छ ।
सिंह
पराक्रम वृद्धि हुनेछ । मान सम्मान प्रतिष्ठा आार्जन तथा राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ । आम्दानीका स्रोत पनि वृद्धि हुने देखिन्छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख सुबिधाको साधन प्राप्तिको योग छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ने छ ।
कन्या
रोकिएका काम बन्ने तथा दिगो फाइदाको कार्यारम्भ हुनसक्ने समय छ । जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भेटिने छन् । रमाइलो यात्राको सम्भावना छ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्ने योग रहेकाले सजगताको खाँचो छ । आजको दिन साहित्यिक कार्यमा मन जाने देखिन्छ ।
तुला
दिन मिश्रित फलदायी रहला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनुहोला । स्वास्थ्यगत प्रतिकुलताका बाबजुद नियमित कार्यमा परिस्थितिले साथ दिनेछ । आजको दिन अरूका काममा पनि समय खर्चनुपर्ने देखिन्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला ।
बृश्चिक
कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने समय छ । काममा अलिक प्रतिस्पर्धा भने गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्न सक्छ, तर चुनौतीहरू सजिलै पार लाग्नेछन् । कोसिस गर्दा राम्रै अवसर मिल्ने योग छ । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । आर्थिक पक्ष सबल बन्ने छ ।
धनु
समय लाभदायक देखिन्छ । कर्मबल बढ्ला । व्यावसायिक काममा राम्रै फाइदा हुने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने व्यापार व्यवसायमा पनि फाइदै हुने समय छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटे गरेको कार्यमा सफलता र आर्थिकलाभको योग छ ।
मकर
अरूको मन जितेर अवसर हात पार्न सकिने दिन छ । व्यवसायबाट सोचेको लाभ मिल्ला । व्यावसायिक कामका लागि यात्राको सम्भावना छ । मित्र वर्गबाट साथ सहयोग पाइने छ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । आजको दिन चोटपटकको भय रहेकाले सावधान रहनुहोला ।
कुम्भ
व्यस्तता र दौडधुप बढ्ने समय छ । आकस्मिक खर्च वृद्धि होला । अर्थअभावले बन्न लागेको काम स्थगित हुने सम्भावना छ । झमेला, विवाद र चोटपटकबाट जोगिन आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । कामको चाप पनि बढ्ने देखिन्छ । मित्रजनको सहयोग र मिठो भोजन प्राप्त होला ।
मीन
आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, भौतिक साधनको क्षति हुने सम्भावना छ । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । नियमित काममा समेत केही चुनौती देखापर्नेछन् । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ ।