चैत्र ८ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ चैत्र ८ गते शुक्रबार । सन् २०२५ मार्च २१ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा सप्तमी तिथि । आज नेपालमा सुर्योदय ६ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १६ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आजको दिन ज्यादा समय सामाजिक दायित्व बहनमा बित्ने देखिन्छ । आर्थिक कारोबार होला । मित्रजन एवम् आफन्तसंग भेटघाटको अवसर पनि मिल्ने देखिन्छ । बौद्धिक पक्षबाट लाभ मिल्नेछ भने खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइने योग छ । आज सवारीसाधन तथा हातहतियारको उपयोग गर्दा विशेष सावधानी अपनाउनु होला ।

बृष

धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ने समय छ । खर्च वृद्धि होला । घर–जग्गामा विवाद र अभिभावकको स्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनु हितकर होला । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । काममा अनायासै बाधा वा हस्तक्षेप हुने योग छ ।

मिथुन

समय शुभदायी छ । उत्तम रोजगारी मिल्ने तथा नोकरीमा पदोन्नति समेत हुनसक्ने देखिन्छ । आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यवसायमा अनुकूल परिवर्तनके योग छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ, सतर्क रहनु उचित होला ।

कर्कट

मिश्रित फलदायी समय छ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति वा सफलता मिल्नेछ भने नसोचेको ठाउँबाट आर्थिक लाभ हुने देखिन्छ । नयाँ उद्योग धन्दाको थालनी गर्न सकिने छ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने योग छ ।

सिंह

सहयोगीबाट उचित सहयोग मिले पनि पारिवारिक असमझदारी र बन्धुबान्धबसंग भने मनमुटाव हुनसक्छ । केही दण्ड जरिवानाको पनि सम्भावना रहेकाले व्यवहारमा अत्यन्त सजगताको दरकार छ । व्यवसायिक साझेदारीमा लाभ नै होला । स्वास्थ्य सबल नै रहला । यात्रागत कार्यमा सफलता मिल्ने छ ।

कन्या

समय केही चुनौतीयुक्त छ । आँटेको कममा व्यवधान पैदा हुन सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने र खर्च वृद्धिको योग छ । ऋणभार बढ्ने देखिन्छ । राजनीतिक तथा सामाजिक प्रभाव पनि कमजोर भएको महसूस होला । परिस्थितिलाई पछ्याउन नसक्दा अलिक पछि परिने सम्भावना छ, ध्यान राख्नुहोला ।

तुला

मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रागत कार्य फलदायी बन्नेछ, जसले उत्साह जार्गत गराउला । नोकरीमा पदोन्नति, व्यापार–व्यवसायमा फाइदा हुने योग छ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला ।

बृश्चिक

दिन रमाइलो ढंगले बित्ला । रोकिएका काम सुरु हुनेछन् । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तानपक्षबाट प्रसन्नता मिल्नेछ । सुखद यात्राको सम्भावना छ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु

स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । धनधान्य लाभका साथै कृषिकर्म तथा पशु व्यवसायबाट राम्रै फाइदा हुने देखिन्छ । तथापि, साझेदारीमा विवाद पर्न सक्छ, सजग रहनुहोला । मानहानि वा अपजशको सम्भावना छ । कसैको उक्साहटमा अनावश्यक यात्रा हुन सक्छ, टार्ने प्रयत्न गर्नु हितकर होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ । निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल होला । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ख्याल राख्नुहोला ।

कुम्भ

दिन केही प्रतिकुल रहन सक्छ । अनावश्यक खर्च, कर्जा र चोटपटकका लाग्न सक्छ, सावधान रहनुहोला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिने छ ।

मीन

नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउने छ ।

सम्बन्धित समाचार