आज मिति २०८१ चैत्र ७ गते बिहीबार । सन् २०२५ मार्च २० तारिख । नेपाल सम्बत ११४५ चिल्लागा षष्ठी तिथि । आज नेपालमा सुर्योदय ६ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १५ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
दिन शुभदायी छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आज कुनै नयाँ कार्यको थालनी गर्नु उत्तम हुनेछ । रोकिएका काम पनि सजिलैसँग बन्ने छन् । विपरित लिङ्गीको साथ सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । रसरागको भाव जागृत होला । साहस बढ्नेछ ।
बृष
आजको दिन चुनौतीका साथ बित्ने देखिन्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला । वादविवाद र झगडाको सामना गर्नुपर्ने योग रहेकाले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । पेशागत रुपमा पनि समस्या देखिन सक्छ, ध्यान राख्नुहोला ।
मिथुन
आजको दिन मनमा दुविधा रहन सक्छ। नयाँ कामको सुरुवात खासै राम्रो नहोला । ब्यस्तता वृद्धि हुनेछ । सामाजिक कामले नाम(प्रतिष्ठा त दिलाउने छ, तर कार्यमा हैरानी बढ्न सक्छ । ब्यापार व्यवसाय तथा जागीरमा दिन ठिकै छ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । मित्रजनको साथ सहयोगले शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट
चल अचल सम्पत्तिको कारोबार हुन सक्ने दिन छ । वैवाहिक जीवन सुखी रहला । सुखद यात्राको योग रहेको छ । घरमा पाहुनाको आगमनले खुशी जागृत गर्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आरोग्यता रहनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त होला ।
सिंह
आजको दिन परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, जसले मनमा सन्तोषको भाव सिर्जना गर्नेछ । दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् भने कतैबाट धन आार्जन हुने योग छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ ।
कन्या
मिश्रित परिणाम दिने खालको दिन छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनुहोला । परिवारमा खटपट पर्नसक्छ, सचेतनाका साथ व्यवहार गर्नु उचित हुनेछ । समय खासै नराम्रो नभएपनि आज खर्च वृद्धि हुनसक्ने, विवाद बढ्ने तथा शत्रुपक्षले सताउने योग छ, सजक रहनुहोला ।
तुला
दिन खुशीसाथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिएला । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । धनलाभको योग छ । पढाइलेखाइमा पनि प्रगति नै होला । ठुला ब्यक्तिसंगको भेटले नयाँ आशा जगाउन सक्छ । स्वास्थ्य सबल रहने छ ।
बृश्चिक
आयआर्जनको दृष्टिले राम्रो दिन छ । नयाँ कार्यारम्भको लागि परिवारजन एवम् मित्रवर्गको राम्रो सल्लाह आउने देखिन्छ । धनलाभको योग छ । नया साथीसँग चिनजान हुने र रमाइलो यात्रा हुनसक्छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । आधा अधुरा काम पनि सम्पन्न हुनसक्ने दिन रहेको छ ।
धनु
कर्मबल वृद्धिको समय छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ला । धनलाभका साथै रमणीय र सुखद यात्राको योग छ । कृषिको कामबाट विशेष लाभ होला । आजको दिन कुनै पनि नयाँ काम भने शुरु नगर्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश हुनेछ । आरोग्यता रहने छ ।
मकर
अरूको भर पर्दा काममा धोका हुन सक्ने समय छ, सजग रहनुहोला । आजको दिन टाढाको यात्रा नगर्नु उचित हुनेछ । व्यर्थको खर्च हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यमा पनि गडबडीकोे सम्भावना छ । खानामा विशेष सजक रहनु हितकर हुनेछ । प्रेम सम्बन्धमा खटपट पर्नसक्छ ।
कुम्भ
दौडधुप बढ्ने छ तर सामर्थ्य वृद्धि होला । आजको दिन मनमा दुविधा रहे पनि विशेष कार्यमा सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मन हर्षित रहला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिने छ ।
मीन
सोचेअनुरुप कमाइ हुनेछ । खर्च भन्दा आर्जन नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्ने छन् । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । कृषि क्षेत्रमा भने अलिक बढी नै परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिने छ । दाम्पत्यसुख बढ्ने छ । आफन्तको साथ मिल्ने छ ।