चैत्र ६ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ चैत्र ६ गते बुधबार । सन् २०२५ मार्च १९ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा पञ्चमी २०, चैत्र कृष्ण पक्ष चतुर्थी तिथि । आज नेपालमा सुर्योदय ६ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १५ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

सानातिना घरायसी काममा समय बित्ने देखिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । व्यापारमा भने केही फाइदा नै हुने देखिन्छ । यात्राको तयारीमा हुनुहन्छ भने सकभर थाती राख्नु नै बेस हुनेछ । बेकारको विवादमा फस्ने सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनु होला । मुद्दा मामिलामा पर्नुबाट जोगिन विशेष प्रयास गर्नु उचित हुनेछ ।

बृष

मिश्रित फलदायी समय छ । केही चुनौती वृद्धि भई नियमित काममा दबाबको सामना गर्नुपर्ला । लेनदेनमा समस्या आउन सक्छ । जागीरमा हुनेका लागि सम्मान पाइने योग छ । व्यापारमा गरेको लगानी पनि सन्तोषप्रद रहला । अरुबाट मिलेको प्रशंसाले मन हर्षित रहने छ । सामाजिक कामबाट प्रतिष्ठा प्राप्त हुनेछ ।

मिथुन

पराक्रम र हौसला वृद्धि भइ रोकिएका काम पूरा हुने समय छ । मन हर्षित रहला । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा नै गर्ने देखिन्छ । अध्ययन अध्यापन, कृषि तथा ब्यापारमा उन्नति हुने योग छ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुनेछ । आजको दिन कतैबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ ।

कर्कट

पराक्रम बढ्ने छ । आजको दिन चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्नेछन् । अप्रत्याशित लाभको योग छ । फलदायी यात्रा हुन सक्छ । आरोग्यता रहने छ । खेलकुद, मनोरञ्जन तथा रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

काममा अवरोध आउनाले धनको नाशका साथै खिन्नता बढ्न सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुहोला । पीडा दिनेहरु सक्रिय रहलान् । व्यर्थको खर्च हुने योग रहेकाले खर्च घटाउने प्रयास गर्नुहोला । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्ने छ ।

कन्या

समय शुभदायी छ । अधुरा कामहरु बन्नेछन् भने अरुको विश्वास जित्न सकिनेछ । आफन्त एवम् मित्रजनबाट उचित सहयोग मिल्नेछ । पढाइ लेखाइमा जाँगर बढ्ने र सफलता मिल्ने देखिन्छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । नयाँ कामको थालनी गर्न सकिने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल रहला ।

तुला

सामाजिक प्रतिष्ठा बढ्ने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्ला । आफन्त मिलनले सुख दिनेछ । अर्थलाभका अवसर आउने छन् । सोचेभन्दा बढी नै लाभ मिल्न सक्छ । आजको दिन तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । पाहुनाको आगमनले मन हर्षित रहला ।

बृश्चिक

प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त होला । रमणीय र सुखद यात्राको योग छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । आजको दिन कामहरु सजिलैसँग बन्नेछन् । आय वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ ।

धनु

दिन केही चुनौतीयुक्त रहने देखिन्छ । घरेलु समस्याले सताउन सक्छ । मित्र बनेर धोका दिनेहरु सक्रिय रहलान्, सावधानीको दरकार छ । खर्च वृद्धि तथा अर्थको हानीको सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । पढाइलेखाइमा ध्यान दिन नसकिएला ।

मकर

भाग्य बल र शुभता बढ्ने छ । नोकरी तथा सामाजिक कार्यबाट मान सम्मान मिल्ने समय छ । अरुको मन सजिलै जित्न सकिनेछ । नसोचेको धनलाभ हुने योग छ । सानातिना काम र घरेलु समस्याले भने पछ्याइरहने देखिन्छ । महत्वपूर्ण तथा विशेष काम आजको दिन थाती राख्नु नै उचित हुनेछ ।

कुम्भ

सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुने समय छ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष पनि सन्तोषजनक रहला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने दिन छ । सोचेका काम बन्नाले सुखको अनुभव होला । पठनपाठनमा मन जानेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्ने छ ।

मीन

आजको दिन सुखदायी रहला । मित्रजनले राम्रै सहयोग गर्लान् । साथीसंगीसँग रमाइलो भेटघाट होला । नयाँ कामका योजना बन्ने देखिन्छ । काममा जोश जाँगर बढ्ने र आर्थिक लाभ हुने योग छ । साझेदारीको काम बन्ने छ । दाम्पत्यसुख बढ्ने छ । शत्रुसित लड्ने सामर्थ्य रहने छ ।

सम्बन्धित समाचार