आज मिति २०८१ चैत्र ५ गते मंगलबार । सन् २०२५ मार्च १८ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा चतुर्थी थिति । आज नेपालमा सुर्योदय ६ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १४ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
समय केही प्रतिकुल रहने देखिन्छ । पतिपत्नीबीच घरसल्लाह नमिल्ने र विवादको अवस्थासमेत आउनसक्ने हुँदा संयमताको दरकार छ । आर्थिक संकट पर्न सक्छ, अनावश्यक ब्ययबाट बच्ने प्रयास गर्नु उचित हुनेछ । आजको दिन यात्रामा पनि विशेष सावधान रहनुहोला, सकभर यात्रागत काार्य थाती राख्नु हितकर हुनेछ ।
बृष
दिन शुभदायी रहला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कुरा काट्नेहरू प्रशंसक बन्नेछन् भने मानप्रतिष्ठा तथा सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने योग छ । पढाइलेखाइमा पनि सुधार आउला ।
मिथुन
प्रशन्नता मिल्ने समय छ । कामबाट सहजै फुर्सद पाइनेछ भने अधुरा काम बन्नछन् । मित्र एवम् आफन्तजनसँग भेटघाटको योग छ । धन आर्जन हुने दिन छ, प्रयत्न गर्नुहोला । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्छन् । कतै आकस्मिक निम्तोमा सहभागी हुने तथा मनोरञ्जन हासिल हुने सम्भावना छ ।
कर्कट
व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा पुग्ने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । नयाँ आयआर्जनको स्रोत फेलापर्न सक्छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ भने वैदेशिक तथा ब्यापारिक कामकाजमा विशेष लाभ होला ।
सिंह
आजको दिन स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ, सजग रहनुहोला । निको भएको रोगले पुनः सताउन सक्छ । चोटपटकको भय पनि रहेकोले हातहतियारको प्रयोगमा विशेष सतर्कताको खाँचो छ । खर्च बढ्ने, विवादमा अल्झिनुपर्ने, शत्रुपक्षले सताउने योग छ, सावधान रहनुहोला ।
कन्या
विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्ला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । परिवारजनमा आत्मीयता बढ्नेछ भने प्रेम प्रस्तावको सम्भावना पनि छ । प्रेमसम्बन्ध बलियो रहनेछ ।
तुला
आजको दिन घुमघाम, भेटघाट र मनोरञ्जनमा समय बित्ने देखिन्छ । मित्रजनका साथ मिष्ठान्न भोजनको अवसर जुर्ला । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान प्राप्ति होला । आम्दानी बढ्न सक्छ । व्यापार(व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ ।
बृश्चिक
मनमा रहेको डर हटेर काममा उत्साह बढ्ने दिन छ । अनुकूल एवम् लाभदायी यात्राको सम्भावना छ । पठनपाठन कार्य सामान्य रहला । समय फुर्सदिलो रहेको अनुभूति हुनसक्छ, जसले प्रशन्नता दिलाउनेछ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने छ । यात्रागत कार्यमा विशेष लाभ होला ।
धनु
मिश्रित फलदायी समय छ । श्रकामको मूल्याङ्कन नहुन सक्छ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ने योग छ । लेनदेनमा विवादको सम्भावना रहेकोले सचेत रही व्यवहार गर्नु उचित होला । हतारको निर्णयले काम बिग्रन सक्छ, ध्यान राख्नुहोला । मान्यजनको सुझाव अप्रिय लाग्ने छ ।
मकर
अरुको काम धेरै गर्नुपर्ने र आफ्नो लागि समयको बचत कम हुने प्रकारको दिन छ । गलत विचारको तरङ्गले काममा बाधा सिर्जना गर्ने देखिन्छ । खर्च बढ्ने र स्वास्थ्य पनि केही कमजोर रहनसक्ने योग छ । दैनन्दिन कार्यमा अवरोध आउनेछ । कुरा काट्नेहरु सक्रिय रहलान् ।
कुम्भ
समय शुभदायी छ । सोचने शक्ति बढ्नेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । नियमित काम र व्यापार व्यवसायमा पनि फाइदा हुने योग छ । आलोचकहरूले पनि प्रशंसा गर्न थाल्ने छन् । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । आर्थिक लेनदेनमा पनि लाभ नै होला ।
मीन
आजको दिन परिश्रमले धेरै काम बन्नेछन् । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित रहला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । रसरागको भाव जागृत भइ मनोरञ्जनमा भुलिएला ।