प्रचण्डको अभिव्यक्ति हेर्दा पुनः देशलाई द्धन्द्धमा धकेल्न खोजेको प्रष्ट हुन्छः राणा

0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री  धवल शमशेर राणाले माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनस् देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पुर्ण देशभक्त राजभक्तहरुमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापुर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ। यो परिस्थितिमा सम्पुर्ण देशभक्त राजभक्तहरुमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापुर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ ।’

सम्बन्धित समाचार