आज मिति २०८१ चैत्र २ गते शनिबार । सन् २०२५ मार्च १५ तारिख । नेपाल सम्बत ११४५ चिल्लागा पारू, चैत कृष्ण प्रतिपदा तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १२ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
सोचेको महत्वपूर्ण काम पूरा भइ सुखको अनुभव हुने दिन छ । केही नयाँ काम पनि शुरु हुन सक्छन् । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउला । आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमय रहनेछ भने मनोरञ्जनात्मक क्रियाकलापमा संलग्नता बढ्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
बृष
दिन शुभदायी नै छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्ने येग छ । साथीभाइसित मनोरञ्जनात्मक भेटघाट होला । हितौषीहरूसँगको छलफलले धनलाभको बाटो पत्ता लाग्नेछ । परिवारमा भने कुनै विषयमा सामान्य विवाद हुनसक्छ, सजग रहनुहोला । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ ।
मिथुन
आजको दिन खासै उत्साहजनक नरहने देखिन्छ । गरेका कामहरूमा बाधा आउनुका साथै आर्थिक हानी हुनसक्ने योग छ । स्वास्थ्यगत समस्या आइपर्न सक्छ, विशेष सजगताको दरकार छ । खर्च वृद्धि हुने देखिन्छ । नियमित कार्यमा खासै जाँगर चल्ने छैन । यात्रागत कार्यमा ढिलासुस्ती हुन सक्छ । धैर्य र संयमता अपनाउनु हितकर होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट
सुख सन्तोषदायी समय छ । परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा पाहुनाको आगमन हुने देखिन्छ । विवेकको सही प्रयोग भइ चिताएका काममा सुखद सफलता मिल्ने योग छ । मित्रजनसँगको भेटले मन रमाउला । आर्थिक कारोबार बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । आरोग्यता रहला । रसरागमा आकर्षण बढ्ने छ ।
सिंह
अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना रहेको समय छ । आजको दिन सुखद र लाभदायी यात्रा पनि हुन सक्छ । परिश्रम गर्न सके आजको मिहेनत कत्तिपनि खेर नजाने योग छ । चिताएको काममा सफलता मिल्ला । धनलाभका साथै पुराना साथीसंगीसँगको भेटघाटले मन रमाउनेछ । मिष्ठान्न भोजनको आनन्द मिल्ने देखिन्छ । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या
समाजिक सम्मान हासिल हुने दिन छ । सुखद एवम् लाभदायक यात्राको सम्भावना छ । तर, परिवारमा हल्का विवाद हुन सक्ने योग रहेकोले व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु हितकर होला । नियमित काममा खास जाँगर नचले पनि विविध क्षेत्रमा उपलब्धिमूलक कार्य हुनसक्ने योग छ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त गर्नु हुनेछ ।
तुला
आजको दिन केही चुनौतीयुक्त रहला । सोचेअनुरुप काम नहुने र बढी खर्चले गर्दा मन अशान्त रहन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ, सजग रहनुहोला । आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन । ब्यर्थको यात्रामा आर्थिक हानी हुनसक्, यात्रागत कार्य आजका लागि थाती राख्नु उचित हुनेछ । भौतिक सरसामनको क्षति हुने सम्भावना छ, होसियारी अपनाउनुहोला । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण बढ्ने छ ।
बृश्चिक
दिन मिश्रित फलदायी रहला । बिहानीपख सुखको अनुभव भएपनि बेलुकाको प्रहर काममा मन नलाग्न सक्छ । प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनावको अवस्था कायम रहने देखिन्छ । सोचेको काम पूरा नहुन सक्छ तर बन्दैन भनेर आश मारेको काम तपाईंको अथक परिश्रम तथा प्रयासमा बन्ने सम्भावना छ । आफन्तजनको सहयोग प्राप्त हुने समय छ । शत्रुपक्ष कमजोर रहनेछ ।
धनु
लाभका मार्गहरू खुल्ने तथा नचिताएको ठाउँबाट आम्दानी हुने समय छ । शत्रु र रोग पन्छिएर जालान् । पढाइलेखाइको काममा भने आज खासै जाँगर नचल्ने र प्रगति नहुने देखिन्छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । सुखद यात्राको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।
मकर
नयाँ काम शुरु गर्न सकिने समय छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा काम पनि बन्नेछन् । आजको दिन खर्च भने केही वृद्धि हुनसक्छ । परिवारमा आर्थिक समस्याले अहिक सताएको अनुभूति होला । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । मिष्ठान्न भोजनको आनन्द उठाउन पाइने योग छ । प्रेमभाव वृद्धि तथा दाम्पत्यसुख बढ्ने छ ।
कुम्भ
दिन अलिक प्रतिकुल रहन सक्छ । विवाद वा झैझगडाबाट जोगिन विशेष सावधानी अपनाइ व्यवहार गर्नु हितकर होला । मनमा डरले डेरा जमाउने देखिन्छ । समयमा निर्णय नहुँदा महत्वपूर्ण काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । संयमता अपनाइ नियमित कर्ममा संलग्न रहनु उचित होला ।
मीन
मिश्रित फलदायी समय छ । केहीले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउने प्रयास गर्न सक्छन् । जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । समाजसेवा तथा राजनीतिमा बर्चस्व बढाउन सकिने छ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।