आज मिति २०८१ फागुन २९ गते बिहीबार । सन् २०२५ मार्च १३ तारिख । नेपाल सम्बत ११४५ चिल्लाथ्व चतुर्दशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ११ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन सोचेअनुसार सहज नहुने भए पनि प्रयत्न गर्दा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने छ । अनावश्यक भेटघाटका प्रसङ्गहरूलाई पन्छाउने प्रयत्न गर्नु उचित हुनेछ । स्वास्थ्यसम्बन्धी सामान्य सम्स्या पैदा हुने देखिन्छ, खानपानमा विशेष ध्यान पुऱ्याउनु पर्ने छ ।
बृष
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्ने समय छ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । प्रेम प्रसङ्ग मौलाउँदा महत्वपूर्ण कार्यमा असर पर्नसक्छ, विवेक पुऱ्याएर व्यवहार गर्नुहोला । अध्ययन तथा अध्यापन कार्यमा आवश्यक जाँगर नचल्ने देखिन्छ ।
मिथुन
आजको दिन बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्ने देखिन्छ । अरुको विश्वास सजिलै जित्न सकिएला । तथापि, अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना छ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला ।
कर्कट
दिन शुभदायी छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिएला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सामान्य आम्दानी भइरहला । नयाँ काम पाउने योग छ ।
सिंह
शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि विवेकको सही प्रयोगले समस्या बल्झिन पाउनेछैन । पतिपत्नीमा अविश्वास बढ्ने योग छ, सजग रहनुहोला ।
कन्या
दैनिक कार्य सामान्य रहे पनि आजको दिन लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकाले आर्थिक कारोबारमा विशेष सजगता अपनाउनुहोला । विगतको श्रमबाट लाभ मिल्ने समय छ । मानसम्मानमा आघात पुग्नसक्ने योग रहेकोले बोली र व्यवहारमा लगाम लगाउनु होला ।
तुला
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ जिम्मेवारी हात पार्न सफल भइनेछ, जसबाट आर्थिक लाभ मिल्नसक्छ । स्वअधिकार सुरक्षा गर्न विशेष प्रयत्न गर्नुपर्ने देखिन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइएला ।
बृश्चिक
समुदायको हकहितका लागि महत्वपूर्ण काम गर्न सकिने समय छ । धेरैको भलाइ हुने काम गर्न सकिएला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । विभिन्न उपहार प्राप्त हुने योग छ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने देखिन्छ ।
धनु
धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । तर, महत्वपूर्ण योजनामा कार्यसम्पादन गर्न नसकिएला । निर्णायक क्षमतामा कमी आउन सक्छ ।
मकर
मिश्रित फलदायी समय छ । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् भने भुलेका मित्रहरुले सम्झनेछन् । तर, आजको दिन कसैसँग विवाद वा झगडा हुनसक्छ, संयमता राख्नुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला ।
कुम्भ
आश मारेको कामले उत्साह जगाउने समय छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । कुनै समस्या वा महत्वपूर्ण काममा मातापिताको सहयोग प्राप्त हुनेछ । कृषिरचौपायाबाट विशेष लाभ मिल्ने योग छ । तपाईंका कमी जोरीमाथि टिप्पणी हुन सक्छ ।
मीन
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्ला । कामको चाप बढेपनि धन आर्जन हुने योग छ । काममा लगनशील बन्न नसक्ता आलोचनाको शिकार बन्ने सम्भावना पनि छ ।