आज मिति २०८१ फागुन २८ गते बुधबार । सन् २०२५ मार्च १२ तारिख । नेपाल सम्बत ११४५ चिल्लाथ्व त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर १६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
परिश्रम परे पनि काममा सफलता मिल्ने समय छ । आर्थिक उपार्जनमा सुधार आउला । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन हुने योग छ । भाग्योन्नतिको समय हुनाले सहयोगीले साथ दिने छन् । काममा सोचेजस्तै सफलता मिल्ने छ । नयाँ काममा हात हाल्न सकिने छ । धन आर्जन हुने देखिन्छ ।
बृष
अलिक बाध्यताको काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहने छ । व्यावसायिक यात्रा हुने देखिन्छ जसबाट राम्रै आम्दानी होला । आतिथ्यपूर्ण सम्मान पाइने र प्रेमको बन्धन कसिने योग छ । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने देखिन्छ । कृषि कर्म र व्यावसायिक काममा चाहिँ केही चुनौतीको सामना गर्नुपर्नेछ, ध्यान राख्नुहोला ।
मिथुन
भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न चाहे सफलता मिल्ने छ । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्ने छ । तथापि, पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि असमझदारी बढ्ने योग रहेकाले सावधानी अपनाउनु हितकर हुनेछ । खर्च केही बढ्ने योग छ ।
कर्कट
बोलीको भरमा काम सम्पादन हुने दिन छ । विचारले धेरैलाई आकर्षण गर्न सकिने छ । स्वास्थ्य सबल रहला । काममा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्ने छ । मान सम्मान बढ्ने छ । कृषि क्षेत्रमा राम्रो लाभ मिले पनि व्यापारिक कर्ममा भने आज कमैमात्र फाइदा हुने योग छ ।
सिंह
धेरै श्रमका बाबजुद कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । तथापि, विचारले धेरैलाई आकर्षण गर्न सकिने छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीले काममा साथ दिने छन् । आम्दानी बढ्ने छ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ ।
कन्या
आजको दिन केही कठिनाइयुक्त रहने देखिन्छ । सामाजिक कामको दायित्व बढ्नेछ भने परिवारजनको भरण पोषणमा खर्च वृद्धि हुने देखिन्छ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । उत्साहमा कमी आउला । कर्मफल र अधिकारका लागि ज्यादा नै प्रतिस्पर्धा गर्नुपर्ने योग छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । संयमता र विवेकको बलबाट समस्याबाट उम्कन सकिने छ । प्रयत्न गर्नुहोला ।
तुला
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ने छ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुने देखिन्छ । विशेष सभा समारोहमा सहभागी बन्ने योग छ ।
बृश्चिक
मित्रजन तथा सहयोगीहरूले काममा साथ दिने र प्रशंसकहरू बढ्ने समय छ । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट पनि राम्रै धनलाभ होला । यात्रामा पनि लाभ मिल्ने देखिन्छ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा मामिलामा विजयी भइने छ । स्वास्थ्य सबल रहला ।
धनु
प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा प्राप्तिले दिन उत्साहपूर्ण रहला । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । सुखद समाचार सुन्न पाइएला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने छ । यात्रागत कार्यमा सफलता मिल्ने छ ।
मकर
पारिवारिक जमघटमा मन रमाउने समय भए पनि विगतका समस्या बल्झिन सक्छन् । आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । ब्यर्थको भ्रमणमा समय बित्न सक्छ, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि विशेष प्रयत्न गर्नु उचित हुनेछ । मित्रजनबाट उपहार प्राप्त हुने योग छ ।
कुम्भ
समय केही चुनौतीयुक्त छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्छ, इष्टदेवको पूजा तथा उपासना गर्नाले लाभ मिल्ला । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।
मीन
नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ भने विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुर्ला । आर्थिक अभावले भने अलिक सताउने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ ।