फागुन २३ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ फागुन २३ गते शुक्रबार । सन् २०२५ मार्च ७ तारिख । नेपाल सम्बत ११४५ चिल्लाथ्व अष्टमी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ७ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

सुखदुःखमा साथ दिनेहरू भेटिने समय छ । तर, परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला । अरूको भरपर्दा काम बिग्रन सक्छ । तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । सरकारी कामकाजमा नियुक्तिको सम्भावनाको योग छ ।

बृष

दिन शुभदायी रहला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार–व्यवसायमा लगानी बढाउन सकिनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । हिम्मतले काम लिने समय छ । सुख–समृद्धि बढ्नेछ । बुद्धिविवेकको उपयोगले शत्रु पक्षबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । अस्थायी प्रकृतिको कामबाट आज राम्रै फाइदा हुने योग छ ।

मिथुन

रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुने समय भएपनि अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । नजिकका साथीभाइ टाढिनसक्ने र टाढाका साथीभाइसँग भने मित्रता बढ्ने योग छ ।

कर्कट

आम्दानीको तुलनामा खर्च बढी हुनाले आर्थिक समस्या देखापर्न सक्ने दिन छ । एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान् । अरूको उक्साहटमा लाग्दा हानी हुने देखिन्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्न सक्छ । दाजुभाइसँगको सम्बन्ध कमजोर बन्ने सम्भावना छ, सजग रही व्यवहार गर्नु हितकर होला । खराब आचरण भएकाहरू फाइदाका लागि नजिकिन सक्छन्, बुझेर व्यवहार गर्नुहोला ।

सिंह

लामो समयदेखि रोकिएका काम सम्पादन हुनसक्ने समय छ । तर, अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ, सजग रहनुहोला । कृषि एवम् पशुधनबाट राम्रै लाभ मिल्ने देखिन्छ । पढाइलेखाइमा पनि प्रगतिको योग छ ।

कन्या

पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन पनि कसिएर जाला । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिने देखिन्छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलनको योग छ । ठगीमा पर्नुबाट जोगिन आजको दिन विशेष प्रयत्न गर्नुहोला ।

तुला

प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिने समय छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्ने देखिन्छ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी होला । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सजग रहनुहोला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने सम्भावना छ ।

बृश्चिक

दाजुभाइको सहयोगले विपक्षीलाई तह लगाउन सकिने समय छ । आर्थिक पक्षमा उन्नति भए पनि तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ, तर घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सजगता अपनाउनुहोला ।

धनु

विभिन्न अवसर प्राप्त भए पनि आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ । कमी–कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्ने सम्भावना छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । यात्रागत कार्य सफल होला ।

मकर

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्ने देखिन्छ । काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ । सामाजिक प्रतिष्ठा पाइने योग छ ।

कुम्भ

आजको दिन तपाईंका काममा अरूले अधिकार जमाउने चेष्टा गर्नसक्छन्, तर प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिने समय छ । उद्योग धन्दामा पनि राम्रै हुने देखिन्छ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।

मीन

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तर, आजको दिन स्वास्थ्यमा केही देखापर्ने सम्भावना छ । घरखर्च बढ्नेछ भने आयआर्जनमा कमी आउने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । नियमित कार्यमा पनि खासै मन नलाग्ने देखिन्छ ।

सम्बन्धित समाचार