मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

0 Shares

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित रानीखोला सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२-०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु सोताङ गाउँपालिका–४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको हो ।

उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार