तीन सय ग्रामको ब्राउन सुगरसहित दुई जना पक्राउ

0 Shares

काठमाडौं । झापाबाट सशस्त्र प्रहरीले तीन सय ग्रामभन्दा बढी ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई पक्राउ गरेको छ ।

झापा जिल्ला भद्रपुर नगरपालिका ३ स्थित झुलुङ्गे पुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट महेशपुरले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लिइएकामा तनहुँ जिल्ला भानु नगरपालिका १२ कवाजित बस्ने २४ वर्षीय र सुनसरी जिल्ला रामधुनी नगरपालिका ३ सिंघिया बस्ने २७ वर्षीय दुई युवा छन् ।

बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागेर जाँच गर्दा स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाईछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ (३०१ ग्राम) फेला परेको हो ।

नियन्त्रणमा लिएका दुवै जनालाई बरामद ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद र अन्य सामानसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सम्बन्धित समाचार