0
Shares
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका चार जनाको दुर्घटना परी मृत्यु भएको छ। घटनामा अन्य ट जना घाइते भएका छन् ।
उत्तर प्रदेशका गोरखपुर लिंक रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका १ की समतोलियादेवी यादवको मृत्यु भएको हो ।
कञ्चनरुप नगरपालिका ७ का वडाध्यक्ष समानन्द चौधरीका अनुसार सोही गाडीमा सवार लिलावतीका श्रीमान् लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेबी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् ।
उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।