बेलुन विस्फोटमा घाइते पोखराका मेयर आचार्य डिस्चार्ज

0 Shares

काठमाडौं । पोखरा महानगरका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचाररत रहेका आचार्यलाई स्वास्थ्यमा सुधार देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले जानकारी दिए ।

‘प्रमुख आचार्यको स्वास्थ्य अवस्थामा सुधार भएपछि डिस्चार्ज गरिएको हो,’ उनले भने, ‘फलोअपका लागि उहाँलाई पुनः बोलाएका छौँ ।’

फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष-२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थतन्त्री विष्णुप्रसाद पौडेल र प्रमुख आचार्य घाइते भएका थिए । मन्त्री पौडेल यसअघि डिस्चार्ज भइसकेका छन् ।

सम्बन्धित समाचार