बेलुन विष्फोटमा ग्यास भर्ने कमलेश दैनिक हाजिरीमा रिहा

0 Shares

काठमाडौं । पोखराको बेलुन विष्फोटको घटनामा ग्यास भर्ने भारतीय नागरिक कमलेश कुमार दैनिक हाजिरीमा छुटेका छन् ।

गत शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा स्पार्किङबाट आएको आगोको झिल्काले बेलुन पड्किदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए ।

बेलुनमा ग्यास भर्ने कमलेशलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले दैनिक हाजिर हुने सर्तमा छोड्न आदेशसँगै उनलाई थुनामुक्त गरिएको कास्की प्रहरीले जनाएको छ । उनी दैनिक उपस्थित हुनु पर्नेछ ।

सम्बन्धित समाचार