अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल र म्यानमार फाइनलमा प्रवेश

0 Shares

काठमाडौं । जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल र म्यानमार एक खेलअगावै फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् ।

नेपालको जितमा पहिलो हाफको ४२ औँ मिनेटमा सावित्रा भण्डारीले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले गरेको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमार नै खेल्ने छन् । फाइनल पनि यिनै दुई टोलीबीच हुनेछ । समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् । फाइनल पनि यिनै दुई टोलीबीच हुनेछ ।

सम्बन्धित समाचार