भारतमा पढ्न गएकी प्रकृतिको शव घर ल्याइयो

0 Shares

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव घर ल्याइपुर्याइको छ ।

भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय लम्सालको शव भैरहवा ल्याएको पारिवारिक स्रोतले जनाएको छ ।

शंकास्पद मृत्यु भएको खबर बाहिरिएसँगै उनको बुबा सुनिल ओडिसा पुगेका थिए । उनले मंगलबार भारतीय प्रहरी अधिकारीसँग भेट गरी न्याय पाउनुपर्ने बताए ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत भेटिएकी थिइन् । उनको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको थियो । ओडिसा सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ ।

सम्बन्धित समाचार