0
Shares
काठमाडौं । काठमाडौंमा रहेको मद्मोदय माध्यामिक विद्यायलले लामो समयदेखि अनुपस्थित भएकी शिक्षिकालाई हाजिरी हुन सूचना जारी गरेको छ । विद्यालयले तेस्रोपटक सूचना जारी गर्दै हाजिरी हुन अनुरोध गरेको हो ।
विद्यालयमा नि.मा.वि तेस्रो श्रेणीकी स्थायी शिक्षिका सचिता थापालाई हाजिर हुन भनिएको हो । उनी गत वर्षको माघ ११ गतेदेखि बिना सूचना अनुपस्थित हुँदै आएकी छन् ।
जारी भएको सूचनाअनुसार उनी हाल श्रीमानको अस्थायी आवासीय भिषामा अमेरिकामा रहेकी छन् । विद्यालयको प्रधानाध्यापकले तेस्रोपटक सूचना जारी गर्दै हाजिर हुन आग्रह गरेको हो ।