पोखरामा विष्फोट भएको बेलुनमा हावा भर्ने व्यक्ति पक्राउ

0 Shares

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बेलुन विष्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भए ।

उक्त कार्यक्रममा उडाउन बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको हो ।

गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले विष्फोट भएको थियो ।

बेलुन विष्फोटमा घाइते भएका मन्त्री विष्णु पौडेल कीर्तिपुर अस्पतालमा उपचार गरी सोमबार डिस्चार्ज भएका छन् । मेयर आचार्य अझै केही दिन अस्पतालमा उपचाररत छन् ।

पक्राउ परेका कमलेसमाथि हाइड्रोजन उत्पादनदेखि बेलुन भर्ने लगायतका प्रक्रिया र यस विषयमा कानुनी व्यवस्था हेरेर कारबाही सिफारिस गर्ने प्रहरीको तयारी छ ।

सम्बन्धित समाचार