बेलुन पड्किँदा घाइते भएपछि अर्थमन्त्रीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

0 Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न हस्पिटल ल्याइएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा मन्त्री पौडेलसहित महानगरका प्रमुख आचार्य घाइते भएका थिए ।

रिमोर्टबाट दीप प्रज्वलन गरी बेलुन उडाउँदा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगर प्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो । मन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो ।

मेयर आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिए । मन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो ।

मन्त्री पौडेललाई सामान्य चोट लागेको नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

सम्बन्धित समाचार